एसपीपीबाट पछि हट्न प्रधानमन्त्रीलाई दबाब दिँदै गठबन्धन, फेरि सम्झौता होलाकी भन्ने डर-Sutra News

एसपीपीबाट पछि हट्न प्रधानमन्त्रीलाई दबाब दिँदै गठबन्धन, फेरि सम्झौता होलाकी भन्ने डर

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

काठमाडौं – अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बिषय अहिले विवादमा छ । एसपीपीमा सहभागी हुन नेपाली सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि राजनीतिक माहोल नै फरक खालको बनेको छ ।



सत्ता गठबन्धनको सरकारमले एसपीपी अस्वीकारको पत्र लेख्न के गर्ला भन्ने चासोको बिषय छ । एसपीपीकै कारण नेपाली सेना विवादमा परेको बेला प्रधानसेनापति प्रभुराम शर्मा लेवनान उडेका छन् । असार १३ गते अमेरिका भ्रमणमा जाने तयारीमा रहेका प्रधानसेनापति शर्मा एसपीपी विवाद भए लगत्तै द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि लेवनान उडिका हुन् ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी विवादको बिषयमा गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् । गठबन्धनभित्रका दलहरुमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले एसपीपी अस्वीकारको पत्र लेख्न भन्दै प्रधानमन्त्री देउवालाई दबाब दिँदैछन् ।

शनिवार एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताएका छन् । एसपीपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादवका बीचमा छलफल भइसकेको बताए । उनले यो अन्योलको अवस्थालाई चिर्न आफूहरूले छलफल जारी राखेको बताए ।

सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल हुने उनको भनाई छ । त्यति मात्र नभई नेपालले प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माले एसपीपीको विपक्षमा रहेको कुरा पनि गरे ।

माओपादीका नेता बर्षमान पुनले पनि आफ्नो दल छिमेकी मुलुक वा कुनै पनि अन्तर्राष्ट्रिय शक्तिविरुद्ध कुनै प्रकारको सैनिक गठबन्धनमा संलग्न हुने कुराको सदैव विपक्षमा रहेको भन्दै एसपीपीबाट सरकार पछि हट्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसकै केन्द्रीय सदस्य नैनसिंह महरले पनि एक कार्यक्रममा राष्ट्रिय सहमति जुटाएर एसपीपीको सम्झौता रद्द गर्नुपर्ने र एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसकेको कुरा गरे ।

सत्ता गठबन्धनका दलहरुमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता हुने होकी भन्ने डर पनि छ । यसै कारण यो सम्झौताबाट पछि हट्न र एसपीपी अस्वीकार गरेको पत्र लेख्न गठबन्धनका दलहरुले प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको स्रोतको भनाई छ ।

एसपीपीमा सहभागी हुन अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि यो विवाद शुरु भएको हो । पत्र सार्वजनिक भएपछि नेपाली सेनाले २०७२ सालमा नै एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्र लेखेर अनुरोध गरेको खुलेको हो । पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी। टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको छ ।

पत्रमा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । त्यस समय केपी शर्मा ओली नेतृत्वको सरकार रहेको थियो । ओली २०७२ असोज २५ गते पहिलो पटक देशको प्रधानमन्त्री बनेपछि १५ दिनमा नै सेनाले अमेरिकी राजदूतलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट