२ महानगर हामीलाई चाहिन्छ, तर गठबन्धन नभए जित्न सकिन्न- माधव नेपाल-Sutra News

२ महानगर हामीलाई चाहिन्छ, तर गठबन्धन नभए जित्न सकिन्न- माधव नेपाल

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवाईका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जसरी पनि दुई महानग चाहिने बताएका छन् ।



हिजो विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

तर उनले गठबन्धन नभए आफूले सोंचेअनुसारको सिट नल्याउने पनि स्वीकारेका छन् । पत्रकारहरुसंग बोल्दै उनले भने, ‘उनले नेकपा एसले २ वटा महानगरपालिकाको नेतृत्वमा दाबी गरेको जानकारी दिए। ‘पहिले पनि हामीले २ वटा महानगर जितेकै हौं’ उनले भने ‘अहिले पनि हाम्रो २ वटा महानगरमा दाबी रहन्छ।’

नेता नेपालले कांग्रेसमा गठबन्धनको पक्ष र विपक्षमा दुई वटा खेमा रहेको बताउँदै चुनावमा गठबन्धन गर्नुहुँदैन भन्नेहरूले एक्लै जितेर देखाउन चुनौति दिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट