थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, आज ४ बिते-Sutra News

थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, आज ४ बिते

शनिबार, ७ फाल्गुन २०७८

शनिबार, ७ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ०८ हजार ९५७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट