थप २५४ जनामा कोरोना संक्रमण पुष्टि, २३४ जना निको भए-Sutra News

थप २५४ जनामा कोरोना संक्रमण पुष्टि, २३४ जना निको भए

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २५४ जना संक्रमित थपिएका हुन् ।



पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ६ हजार ६८२ जनाको पिसिआर परीक्षण र २४१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन् । २३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ । यसको संक्रमणबाट १ को मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट