दुर्गा प्रसाईंलाई एमालेको केन्द्रीय समितिमा ल्याउने ओलीको तयारी-Sutra News

दुर्गा प्रसाईंलाई एमालेको केन्द्रीय समितिमा ल्याउने ओलीको तयारी

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित केन्द्रीय सदस्य संख्याको १० प्रतिशत मनोनयन गर्न पाउने अधिकार प्रयोग गर्दै महाधिवेशनमा नसमेटिएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव राखेका छन् ।



मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पनि ओलीको प्रस्तावमा परेका छन् । ओलीले प्रसाईंसँगै अन्य ३० रमेश पौडेल, विशाल भट्टराई, ऐन महर, लालबाबु पण्डितलगायत नेताहरूलाई केन्द्रीय समितिमा तान्न खोजेका हुन् ।

केही दिनअघि चितवनको सौराहामा सम्पन्न पार्टीको दशौँ महाधिवेशनमा ३ सय १ केन्द्रीय सदस्य मनोनित भएका थिए ।

आज भक्तपुरमा बसिरहेको केन्द्रीय समितिको बैठकले स्थायी समिति र पोलिटब्यूरो गठनका लागि नाम प्रस्ताव गर्नेछ ।

४५ सदस्यीय स्थायी कमिटीमा १९ जना पदाधिकारी स्वतः पर्ने हुनाले थप २६ जनाको नाम ओलीले प्रस्ताव गर्ने बताइएको छ । त्यस्तै केन्द्रीय समितिबाट ९९ जनालाई पोलिटब्यूरोमा ल्याउन गृहकार्य भइरहेको छ ।

यी हुन् ओलीले प्रस्ताव गरेका अन्य केन्द्रीय सदस्यहरुको नाम
ऐन महर, चन्द्रमोहन गौतम, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक,  हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, रेशम लामा, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राणा, सविता यादव, तारादेवी गुरुङ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट