उम्मेदवारी फिर्ताको समय बढाइयो, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने-Sutra News

उम्मेदवारी फिर्ताको समय बढाइयो, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।



अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट