सभापतिमा हारे सरकारबाट हट्नुपर्ने देउवालाइ डर-Sutra News

सभापतिमा हारे सरकारबाट हट्नुपर्ने देउवालाइ डर

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट सभापतिमा जित्नैपर्ने दवाव रहेको बताएका छन् । कांग्रेसको आदिवासी जनजाती विभागले आफ्नो समुदायका प्रतिनिधिलाई राखेर आयोजना गरेको कार्यक्रममा देउवाले यस महाधिवेशनमा जसरी पनि सभापतिमा जित्नै पर्ने दवाव रहेको बताएका हुन् ।



देउवाले आदिवासी जनजातीका प्रतिनिधिलाई सम्बोधन गर्दै आफूलाई जसरी पनि जिताउन आग्रह गर्दै सभापति हारेमा धेरै प्रश्न उठ्ने बताए । उनले भने– ‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् ।’

उनले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए । उनले भने– ‘प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ। तपाईंहरुलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरुलाई थाहै छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट