आज र भोलिको मौसम अवस्था जान्नुहोस्, विभागले दियो यस्तो चेतावनी-Sutra News

आज र भोलिको मौसम अवस्था जान्नुहोस्, विभागले दियो यस्तो चेतावनी

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम अवस्था सार्वजनिक गरेको छ ।



विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर २६ गते (आईतबार)

दिउँसो : गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २७ गते (सोमबार)

दिउँसो : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 २०७८ मंसिर २८ गते (मंगलबार)

दिउँसो : गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट