यस्तो बन्यो देउवाको टीम : महामन्त्रीमा महत र पौडेल, उपसभापतिमा खड्का र गच्छदार  -Sutra News

यस्तो बन्यो देउवाको टीम : महामन्त्रीमा महत र पौडेल, उपसभापतिमा खड्का र गच्छदार  

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिमा पूर्णबहादुर खड्का र बिजयकुमार गच्छदारसहित महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेललाई आफ्नो टीममा समावेश गरेका छन् ।



छुट्टै प्यानल बनाएर लड्ने तयारी गरिरहँदा देउवाले ८ सहमहामन्त्री र केही केन्द्रीय सदस्यको चयनसमेत गरिसकेका छन् ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाका् नाम टुंगो ल गाएको छ ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछामलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै, खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट