प्रकाशमानको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार-Sutra News

प्रकाशमानको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तीन महिना अगाडी नै उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री पदमा उठ्ने भएका छन् । लामो समयदेखि सभापति शेरबहादुर देउवाको समूहमा रहँदै आएका शर्माले गत भदौमै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपनि प्यानल उल्लेख गरेका थिएनन् ।



शर्माले अन्तिम समयमा आएर सिंहको प्यानलबाट उम्मेदवारी दर्ता गरेका हुन् । सिंहले भने सभापतिमा उम्मेदवारी दिइसकेका छन् ।

शर्मालाई शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो । तर, अन्तिममा त्यो कसरत सफल भएन । उम्मेदवारी दर्ता गर्न जानुअघि शर्माले महाधिवशेनपछि बदलिएको कांग्रेस, बलियो कांग्रेस हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट