एमाले बैठकमा १५ एजेण्डामाथि छलफल सुरु-Sutra News

एमाले बैठकमा १५ एजेण्डामाथि छलफल सुरु

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

एमालेको चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ । बैठकमा १५ वटा एजेण्डामा छलफल सुरु भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।



भक्तपुरमा सुरु भएको बैठकमा निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यलाई प्रमाणपत्र वितरण गरेपछि अध्यक्ष केपी ओलीको अध्यक्षता बैठक सुरु भएको हो ।

बैठकले चितवनमा शपथ लिन बाँकी भएका सदस्यको शपथग्रहण गराउनेछ भने १०औँ महाधिवेशनको सामान्य समीक्षा गर्नेछ ।

पार्टी विधानको धारा ६५अनुसारका केन्द्रीय सदस्यहरूको मनोनयन पनि बैठकले गर्ने रिजालले जानकारी दिए ।

उनका अनुसार जारी ९९ सदस्यीय पोलिट्व्युरो, ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीकै संख्या बराबरको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्दै छ ।

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ ।

त्यस्तै जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने, विधानको सम्पादन गरी नियमावली संशोधन गर्ने, बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।

रिजालका अनुसार बैठकले केन्द्रीय कार्यालय व्यवस्थापनका लागि तुल्सीलाल स्मृति भवनमा पार्टी कार्यालय सञ्चालन गर्न संरचना निर्माण गर्न पार्टीले लगानी गर्ने निर्णय गर्ने प्रस्ताव पेस गर्ने छ भने पार्टी प्रवेश अभियानको सुरुवात गर्ने निर्णय गर्ने, पार्टीका केन्द्रीय सदस्यहरूको वरीयता निर्धारण गर्ने र जनसंगठनहरूको सुदृढीकरण अभियान घोषणा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट