रामचन्द्र पौडेलको विज्ञप्ति – यसकारण म नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएँ…-Sutra News

रामचन्द्र पौडेलको विज्ञप्ति – यसकारण म नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएँ…

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै सभापतिको प्रतिस्पर्धाबाट आफू बाहिरिएको घोषणा गरेका छन् ।



पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेपछि उनी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘मैले बुझेको कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ,’ उनले लेखेका छन्, ‘कांग्रेस केवल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ ।’

पौडेलले संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको आरोपसमेत लगाए ।

उनले आफू प्रतिस्पर्धाबाट अलग रहेपनि प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर मत दिन आग्रह गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति –

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट