उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले देउवालाई लगाए यस्तो आरोप-Sutra News

उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले देउवालाई लगाए यस्तो आरोप

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई पार्टी विधानको वास्ता नगरेको आरोप लगाएका छन् ।



१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्ने र अवधारणा पत्र सार्वजनिक गर्ने क्रममा सिंहले देउवाले नै पार्टीको विधान कुल्चेको आरोप लगाएका हुन् ।

‘महाधिवेशन सम्पन्न भएको २ महिनामा विभागहरू गठन गर्नुपर्ने विधानले निर्देशन गरेको थियो, तेह्रौं महाधिवेशनबाट निर्वाचित सभापतिलाई हामीले स्मरण पनि गरायौं,’ सिंहले भने, ‘उहाँले पटक्कै विधानको वास्ता गर्नुभएन ।’

उनले जुन विधानमाथि टेकेर सभापति भएको हो, त्यही विधानलाई देउवाले बेवास्ता गरेको आरोप लगाए ।

‘विधानमात्र होइन, नेपालको संविधानको समेत उहाँबाट पालना भएन,’ उनले भने, ‘४ वर्षको समयावधिमा महाधिवेशन गर्नुपर्ने थियो तर असामान्य परिस्थिति भन्दै १ वर्ष धकेलेको र कुनै पनि काम नगरेको देखियो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट