कांग्रेसको सभापति हुन ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार शूल्क-Sutra News

कांग्रेसको सभापति हुन ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार शूल्क

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।



यसैबीच, कांग्रेसको प्रदेश अधिवेशनमा आफूखुसी शुल्क तोकिएको थियो । प्रदेश अधिवेशन गण्डकीमा सभापतिको उम्मेदवारका लागि मात्रै ९१ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुने भएको हो । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट