लाखौँको उपस्थितिमा हजारौं एमाले प्रवेश गर्दैछन् – ओली-Sutra News

लाखौँको उपस्थितिमा हजारौं एमाले प्रवेश गर्दैछन् – ओली

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाखौँको उपस्थितिमा हजारौंले एमाले प्रवेश गर्ने बताएका छन् ।



आज बसेको पदाधिकारी बैठकमा ओलीले देशैभर पार्टी प्रवेशको अभियान चलाउने र हजारौंले आफ्नो पार्टी प्रवेश गर्ने बताएका हुन् ।

‘महाधिवेशनपछि एमाले झन् सशक्त भएर आएको छ,’ ओलीले भने, ‘अब देशैभर पार्टी प्रवेश अभियान चल्दैछ । लाखौँको उपस्थितिमा हजारौंले एमाले प्रवेश गर्नेछन् ।’

उनले यही पुस ६ गते पार्टी प्रवेश कार्यक्रमकै लागि आफू कपिलवस्तु जान लागेकोसमेत बताए ।

‘६ गते म कपिलवस्तु जाँदैछु, पार्टी प्रवेशकै लागि,’ ओलीले भने, ‘८ गते पर्सामा कार्यक्रम हुन्छ । अब राष्ट्रिय सभाको रिक्त पदमा निर्वाचन पनि हुँदैछ । त्यसको तयारी पनि गर्नुपर्ने हुन्छ ।’

उनले एमालेबाट नै चुनाव जितेका केही नेताहरूले कुरा नबुझेर एमालेलाई सिध्याउन लागेकोसमेत टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट