बुधबार थपिए ३३२ कोरोना संक्रमित, ४ जनाको मृत्यु-Sutra News

बुधबार थपिए ३३२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनायो ।

सोही अवधिमा थप ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट