Logo

कर्णाली प्रदेशमा नयाँ सरकार बन्दै  



कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार ५ बजे बस्ने भएको छ । गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति गरेका थिए । साेही सहमतिअनुसार राजीनामा आउन सक्ने स्रोत बताएको छ । 

मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले कांग्रेसले सहमति कार्यान्वयन गर्न जोड दिएको र केन्द्रीय सत्ता गठनबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताए । 

कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने र मुख्यमन्त्री शाहीकाे राजीनामा आउन सक्ने स्रोतले जानकारी दिएको छ ।

कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ । 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ११:३१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला