एमालेका जनप्रतिनिधिको भूमिकाप्रति कांग्रेसको आपत्ति-Sutra News

एमालेका जनप्रतिनिधिको भूमिकाप्रति कांग्रेसको आपत्ति

मंगलबार, १२ असोज २०७८

मंगलबार, १२ असोज २०७८

तेह्रथुम- नेपाली कांग्रेस छथर कार्यसमितिले नेकपा एमालेका जनप्रतिनिधिले दोहोरो भूमिका खेलिरहेको भन्दै आपत्ति जनाएको छ ।



छथर गाउँपालिकामा भइरहेको अनियमितता, भष्टाचारलाई जनता सामु पुर्‍याउने भन्दै कांग्रेस र एमालेका जनप्रतिनिधिले २५ असारमा गाउँपालिकाले सार्वजनिक गरेको प्रस्तावित कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव दर्ता गरेका थिए ।

प्रस्तावमा एमालेका १३ र कांग्रेसका १० गरी २३ जनाले हस्ताक्षर गरी गाउँपालिका अध्यक्षले २५ बुँदे प्रस्ताव दर्ता गराएको विज्ञप्तिमा जनाइएको छ ।

‘तत्कालीन एमाले फुटको संघारमा पुग्दा गाउँपालिका अध्यक्ष र प्रवक्ताले गरेको अनियमितता तथा भष्टाचार देख्ने तर एउटै संगठनमा हुँदा छुट दिनुपर्ने एमालेका जनप्रतिनिधिहरूको दोहोरो भूमिकाको कांग्रेस भर्त्सना गर्छ’, कांग्रेस छथर सभापति रामचन्द्र भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट