कांग्रेस ताप्लेजुङको पालिकास्तरीय नेतृत्वमा संस्थापन बलियो-Sutra News

कांग्रेस ताप्लेजुङको पालिकास्तरीय नेतृत्वमा संस्थापन बलियो

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

ताप्लेजुङ- ताप्लेजुङमा नेपाली कांग्रेसको पालिकास्तरीय नेतृत्वमा संस्थापन खेमा हाबी देखिएको छ । नौवटामध्ये छवटा स्थानीय तहका सभापतिहरू संस्थापन र तीन स्थानीय तहका सभापति संस्थापनइतर खेमाका निर्वाचित भएका छन् ।



फुङ्लिङ नगरपालिकामा संस्थापनइतर खेमाका सुरेश सिंघक निर्वाचित भएका छन् । उनले संस्थापन खेमाका युवराज बराललाई पराजित गरेका हुन् ।

फक्ताङ्लुङ गाउँपालिकामा सहमतिमा संस्थापनइतर खेमाका भद्रकुमार बोखिम सभापति बनेका छन् । आठराई त्रिवेणीमा विश्वनाथ सिटौला, पाथीभरा याङ्वरकमा राम थेबे र मैवाखोला गाउँपालिकामा खगेन्द्र थत्लुङ सभापति निर्वाचित भएका छन् । तीनै जना संस्थापन खेमाका भएको बताइएको छ ।

मेरिङ्देनमा जयबहादुर खड्का, सिरिजङ्घा गाउँपालिकामा लालकृष्ण चौहान निर्वाचित भएका छन् । सिदिङ्वा गाउँपालिकाको सभापतिमा निर्वाचित प्रदीप राई संस्थापन खेमाका हुन् । 

प्रदेश निर्वाचन क्षेत्रअन्तर्गतको प्रतिस्पर्धा पनि द्विपक्षीय हुने देखिएको छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि संस्थापनबाट खगेनसिंह हाङ्गाम र संस्थापनइतर खेमाबाट उदय आङ्बुहाङबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट