बागमती र प्रदेश १ मा हाम्रो सरकार बन्छ, स्वागत गर्नका लागि तयार रहनुस्- माधव नेपाल-Sutra News

बागमती र प्रदेश १ मा हाम्रो सरकार बन्छ, स्वागत गर्नका लागि तयार रहनुस्- माधव नेपाल

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।



सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, , ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

त्यस्तै नेता नेपालले एमालेले प्रतिनिधिसभामा गरेको चर्को नाराबाजीप्रति पनि आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट