नेपाली महिला टोलीले बंगलादेशलाई हरायो-Sutra News

नेपाली महिला टोलीले बंगलादेशलाई हरायो

बिहिबार, २४ भाद्र २०७८

बिहिबार, २४ भाद्र २०७८

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार बंगलादेशलाई २-१ गोलले हराएको छ ।



दशरथ रंगशालामा भएको खेलमा नेपालका सबिता राना र प्रीति राईले गोल गरे । १३ औँ मिनेटमा सबिताको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो ।

खेलको २३ औँ मिनेटमा प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सबिता र प्रीतिले आजको खेलबाटै राष्ट्रिय टीमबाट डेब्यू गरेका हुन् ।

दोस्रो हाफको अन्त्यतिर बंगलादेशले एक गोल फर्काएको थियो । दोस्रो खेल आइतबार हुने छ । एएफसी महिला एसिया कप छनोटअघि नेपाल र बंगालदेश मैत्रीपूर्ण खेलमा खेलिरहेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट