खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी छनोट-Sutra News

खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी छनोट

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं- नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।



दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ जना खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।

अब्सोल्युट तेक्वान्दो डोजाङका गुनमाया गुरुङ र सुभन गुरुङ र  कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, मूलपानीका भिजन तामाङ र मधुसूदन सापकोटा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, नेपालगंजका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट