नेपालले फर्कायो गोल, स्थिति २-१ मा-Sutra News

नेपालले फर्कायो गोल, स्थिति २-१ मा

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालले गोल फर्काएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा दुई गोलले पछि परेको स्थितिमा नेपालले गोल फर्काएको हो ।



नेपालका मिडफिल्डर तेज तामाङले गोल गरेका हुन् । उनको गोलसँगै खेल २-१ ले अगाडि बढेको छ । त्यसअघि भारतका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरेका थिए ।

फारुख चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । सुनिलले काउन्टरमा गोल गरेका थिए । यस्तै, चौधरीले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट