सुदूरपश्चिममा कोरोनाः ३४ मा संक्रमण पुष्टि, दुईको मृत्यु-Sutra News

सुदूरपश्चिममा कोरोनाः ३४ मा संक्रमण पुष्टि, दुईको मृत्यु

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कूल ८०८ जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



आरडिटी पीसीआर विधिमार्फत कूल २०० जनाको परीक्षण गर्दा ३० र ६०८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । संक्रमण पुष्टि भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत बैतडीका ३२ वर्षीय युवक र अछामका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै सोही अवधिमा १४ जना संक्रमणमुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख १४ हजार १४७ जनाको परीक्षण गर्दा ४६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण यस प्रदेशमा हालसम्म ५८५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट