मन्त्रीका आकांक्षी धेरै भएपछि मापदण्ड बनाउँदै माधव नेपाल-Sutra News

मन्त्रीका आकांक्षी धेरै भएपछि मापदण्ड बनाउँदै माधव नेपाल

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)ले मन्त्री बन्नका लागि मापदण्ड बनाउने निर्णय गरेको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेपालले मन्त्री छनोट गर्दैछन् । संसदीय दलको बैठकले उनलाई मन्त्री छनोट गर्ने एकल अधिकार दिएको थियो ।

मन्त्रिपरिषद विस्तारका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । आगामी बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने गरी तयारी थालिएको बताइएको छ ।

नेपाल नेतृत्वको पार्टीले सरकारमा ६ मन्त्रालय पाउने पक्कापक्की भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट