माधव नेपालको दुखेसो- मलाई ओलीले बैठकमा बोल्न पनि दिन्थेनन् !-Sutra News

माधव नेपालको दुखेसो- मलाई ओलीले बैठकमा बोल्न पनि दिन्थेनन् !

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

 



काठमाडौँ । नवगठित नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालल एमालेका अध्यक्ष केपी ओलीविरुद्ध लामो समयदेखि संघर्ष गरिरहनुपरेको बताएका छन् । आइतबार संसदीय दलको नेता चयन गर्न राखिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले ओलीले आफूलाई बैठकमा आफ्नो कुरा राख्न नदिएको पनि उल्लेख गरे । ओलीमा पक्षपातको भावना भएका कारण पार्टीको कुनै पनि बैठकमा भनाई राख्न नदिएको उनको गुनासो थियो ।

त्यस्तै उनले ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् । उनले एमालेबाट छुट्टिएर नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी पार्टी) दर्ता गरेका थिए ।

आज नेकपा एसको संसदीय दलको नेता छनोट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट