इटालियन सिरि ए लिगको दोस्रो खेलमा युभेन्ट्स पराजित-Sutra News

इटालियन सिरि ए लिगको दोस्रो खेलमा युभेन्ट्स पराजित

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- इटालियन सिरि ए लिगको दोस्रो खेलमा युभेन्ट्सले हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एम्पोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।



स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि युभेन्ट्सले पहिलो खेल खेलेको हो । सिरि ए लिगमा आफ्नो दोस्रो खेलमा एम्पोलीको लागि निर्णायक गोल लिओनार्दो मानकुसोले गरे । उनले २१‌ मिनेटमा गरेको गोल नै टोलीको लागि तीन अंक दिलाउन पर्याप्त रह्यो ।

यस अघि पहिलो खेलमा समेत युभेन्ट्स उडिनेससँग २-२ गोलको बराबरी गर्दै अंक बाँडेको थियो । सो खेलमा रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्ट्स २ खेलबाट १ अंक सहित तालिकाको १३ औं स्थानमा छ । यस्तै, एम्पोली भने २ खेलबाट ३ अंक सहित ११ औं स्थानमा छ ।

यसैगरी, फिओरेन्टिनाले टोरिनोलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । एटलान्टा र बोलोग्नाले गोलरहित बराबरी खेल्दा लाजियोले १० खेलाडीमा सीमित स्पेजियालाई ६-१ गोल अन्तरले पराजित गरेकाे हाे ।

लाजियोका सिरो इमोबाइलले ह्याट्रिक गोल गरे । फिलिपे एण्डरसन, एल्सिद ह्यसाज र लुइस अल्बर्टोले एक-एक गोल गरे । स्पेजियाका डानिले भेर्डेले एक गोल फर्काए ।

लगातार दोस्रो जितसँगै लाजियो अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लाजियोले २ खेलमा ६ अंक जोडेको छ । स्पेजिया १ अंक जोडेर १५ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट