माधव नेपाललाई लक्षित गर्दै ओलीले भने- कुलङ्गार नेता-Sutra News

माधव नेपाललाई लक्षित गर्दै ओलीले भने- कुलङ्गार नेता

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु एमालेबाट एक दुई पात खस्नु जस्तै भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजना गरिएको युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



कार्यक्रममा बोल्दै नेता ओलीले भने ‘एकदुई पात खस्दैमा रुखले पीर मानेर बस्दैन। नयाँ-नयाँ पालुवाहरु पलाउँदै जान्छन्। हाँगा उचाइतिर लाग्दै जान्छ।’

उनले माधव नेपालले महासागरमा पौडिन नजानेर खाल्डो खनेकोसमेत बताए । उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् ।’  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट