माधव नेपालले एमालेलाई होच्याएर बोलेपछि भीम रावलले दिए यस्तो जवाफ-Sutra News

माधव नेपालले एमालेलाई होच्याएर बोलेपछि भीम रावलले दिए यस्तो जवाफ

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिका आधारमा पार्टीलाई एक बनाइ राख्न आफूहरुको प्रयासमाथि प्रश्न उठाउनु बेठीक भएको बताएका छन् । लामो समयको अन्तर संघर्षपछि एमालेमै रहने रावलहरूको निर्णयमाथि अनेक प्रश्न उठाइएपछि रावलले यस्तो जवाफी दिएका हुन् ।



नेता रावलले पहिलो पटक माधव नेपालको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन् । नेता नेपालले आफूहरुलाई दक्षिणपन्थी भनेकोमा पनि उनले आक्रोश व्यक्त गरेका छन् । नेता नेपाल नै दक्षिणपन्थी पूँजीवादी कांग्रेसको सहकार्यमा पुगेको रावलले बताएका छन् ।

‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो’, उनले भनेका छन्, ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’

तत्कालीन नेकपा विभाजित भएपछि नेपाल समूहमा लागेका रावलसहित १० जना स्थायी कमिटी सदस्यहरु ८ महिनापछि एमालेमै सक्रिय भएका छन् । उनीहरु मंगलबारदेखि एमालेमै सक्रिय भएकोमा नेता नेपालले चर्को आलोचना गरेका थिए । उनले दक्षिणपन्थी धारका ओलीसँग मिल्न गएको भन्दै ती १० नेताहरूबारे कटाक्ष गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट