सन्दीपले बिग बास लिग पुनः होबार्टबाट खेल्ने-Sutra News

सन्दीपले बिग बास लिग पुनः होबार्टबाट खेल्ने

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौं- नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुन:होबार्ट हुरिकेन्सबाट खेल्ने भएका हुन् । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुन: अनुबन्ध गरेको हो ।



गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित भएका थिए । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसकेका छन् । सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उनले आठ खेलमा ११ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट