भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु-Sutra News

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

शनिबार, ५ भाद्र २०७८

शनिबार, ५ भाद्र २०७८

काठमाडौं- नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) बाँकेका अनुसार कैलाली र बाँकेका एक-एकजनाको मृत्यु भएको हो ।



कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुष र बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ की २४ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै कैलालीका ६९ वर्षीय पुरुषलाई भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो । उनलाई सोही दिन भेरीमा भर्ना गरिएको थियो ।

उनको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोनाबाट अहिलेसम्म बाँके निवासी ३ सय २६ र अन्य जिल्लाबाट उपचार गराउन बाँकेमा आएका ३ सय ९१ जनाको मृत्यु भएको छ । सांकेतिक तस्बिर ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट