मौसमः भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह-Sutra News

मौसमः भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

काठमाडौं- आज बुधबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।



आज राति १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

बिहीबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ । प्रदेश १ का केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट