मध्यरातमा ओलीको अपील : एमाले फुटाउन अध्यादेश आउँदैछ, त्यसको विरुद्धमा उभिनुहोस्  -Sutra News

मध्यरातमा ओलीको अपील : एमाले फुटाउन अध्यादेश आउँदैछ, त्यसको विरुद्धमा उभिनुहोस्  

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार राति एक वक्तव्य जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई एकताको पक्षमा उभिन आग्रह गरेका छन् ।



सरकारले संसदको चालू अधिवेशन अन्त्य गरेर दल विभाजन अध्यादेशमार्फत एमाले विभाजन गर्न षड्यन्त्र गरेको आरोपसहित उनले सबैलाई विभाजनविरुद्ध उभिन आग्रह गरेका हुन् ।

‘केही समययता एमाले र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षड्यन्त्र भैरहेको हामी सबैले भोगिरहेका छौं,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘पूर्व घोषित प्रतिबद्धता विपरित प्रतिनिधि सभाको चालू अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्न षड्यन्त्र गरिँदैछ ।’

ओलीले नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने बताएका छन् ।

‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु,’ ओलीले वक्तव्यमा भनेका छन् ।

oli.jpg 

oli1.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट