शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द-Sutra News

शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

तनहुँ- शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ ।



नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौं १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने भएकाले बन्द गरिएको प्रवक्ता कुमालले बताए ।

पहिरो पीडितलाई आर्थिक सहयोग

जिल्लाको ऋषिङ गाउँपालिका–८ का माझकोटका मृतक खुमबहादुर आलेको परिवारलाई सोमबार रु २५ हजार सहयोग गरिएको छ । मृतकका बुबा लालबहादुरलाई जिल्ला समन्वय समिति तनहुँका सदस्य नीलबहादुर थापाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

छिमेकी पालिका घिरिङ गाउँपालिका–५ धेनुङ घर भई हाल युके बस्दै आउनुभएका देवी र फुलबहादुर आलेबाट रु १५ हजार, ऋषिङ–८ भर भई हाल युके बस्दै आएका बलराम र किरण आलेबाट रु पाँच हजार र ऋषिङ-६ गोठादी घर भई हाल दमौली बस्दै आएका दिलकुमारी र सुभाव थापाबाट रु पाँच हजार गरी सङ्कलन भएको उक्त रकम हस्तान्तरण गरिएको स्थानीय बुद्धिजीवी इन्द्र आलेले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट