माधव नेपालको प्रश्न – ओली सुध्रेको कुनै लक्षण देख्नुभएको छ ?-Sutra News

माधव नेपालको प्रश्न – ओली सुध्रेको कुनै लक्षण देख्नुभएको छ ?

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रेको कुनै लक्षण नदेखिएको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा वागमती प्रदेश सम्पर्क संगठनको कार्यक्रममा नेता नेपालले ओली कुनै हालतमा सुध्रिन नसकेको बताएका हुन् ।



‘ओलीको व्यवहारमा कुनै सुधार भएको कुनै लक्षण देख्नुभएको छ तपाईंहरूले ?’ नेता नेपालले कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई प्रश्न गरे, ‘ओली लोकतान्त्रिक बन्न सक्नुभएको छैन । माधव नेपाललाई यो पार्टीमा ठाउँ छैन भन्दै हिंड्नु भएको छ ।’

नेता नेपालले ओलीले बोलेका शब्दहरूले ओलीकै स्तर देखाएको टिप्पणी गरे ।

‘उहाँले बोल्नुभएका शब्दहरूले उहाँकै स्तर देखाएका छन्,’ नेता नेपालले भने, ‘कुन तहसम्म मान्छेलाई गिज्याउनुहुन्छ, लान्छना लगाउन सक्नुहुन्छ बद्ख्वाँइ गर्न सक्नुहुन्छ त्यो बाट उहाँको स्तर देखिन्छ ।’

नेता नेपालले ओलीको आत्याचार सहन नसक्ने स्थिति पैदा भएको बताए । ‘ओलीको अत्याचार सहने स्थिति छैन, के हामी लुरुक्क परेर जाने हो ? आत्मसमर्पण गर्ने हो ?’ नेता नेपालको प्रश्न थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट