मौसम: केही दिन देशभर वर्षा हुने-Sutra News

मौसम: केही दिन देशभर वर्षा हुने

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

काठमाडाैं- आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ ।



मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक-फरक दिन फरक स्थानमा हुने औँल्याएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट