आजको मौसमः अधिकांश स्थानमा भारी वर्षाको सम्भावना-Sutra News

आजको मौसमः अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौं- आज देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशाखाकाअनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशका अधिकांश स्थानमा सामान्य वर्षा भइरहेको छ महाशाखाको भनाइ छ ।

बिहीबार दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन पुनः सक्रिय भएसँगै दिउँसो देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षासँगै पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको भनाइ छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट