आजको मौसम: भीषण वर्षाकाे सम्भावना-Sutra News

आजको मौसम: भीषण वर्षाकाे सम्भावना

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

काठमाडौं- देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । 



जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका धेरै स्थानहरुमा हल्का, मध्यम र भीषण वर्षाको सम्भावना छ । 

अहिले बिहान अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट