देशभर भारी वर्षाकाे सम्भावना-Sutra News

देशभर भारी वर्षाकाे सम्भावना

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौं- देशभरको मौसम आइतबार पनि सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 



जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोअनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट