२२ सांसदलाई सोधिएको स्पष्टिकरण – …यस्ता अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? [पत्रसहित]-Sutra News

२२ सांसदलाई सोधिएको स्पष्टिकरण – …यस्ता अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? [पत्रसहित]

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदहरूलाई २४ घन्टे स्पष्टिकरण सोधिएको छ ।



मंगलवार नै स्पष्टिकरण सोधिएपनि पत्र आज मात्र सार्वजनिक भएको छ ।

पत्रमा भनिएको छ – ‘पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने, गूटगत गतिविधि संचालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ?’

गत आइतवार प्रधानमन्त्री देउवालाई २२ सांसदले पार्टीको निर्णयविपरित विश्वासको मत दिएका थिए । 

नेपाल समूहका नेताहरूलाई ओलीले यसअघि तीनपटक स्पष्टिकरण सोधेर कारवाही गरिसकेका छन् । 

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । फैसलामा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम गठित सरकारलाई विश्वासको मत दिँदा पार्टी व्हीप नलाग्ने बताइएको थियो । 

हेर्नुहोस् पत्र –

spashtikaran.jpg

तस्वीर – पत्रकार संजीव बगालेको फेसबूकबाट 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट