नेप्सेमा उछाल – एकैदिन ९७ अंकले वृद्धि, ११ अर्ब बढीको कारोबार-Sutra News

नेप्सेमा उछाल – एकैदिन ९७ अंकले वृद्धि, ११ अर्ब बढीको कारोबार

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौँ । आर्थिक वर्षको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ह्वात्तै माथि पुगेको छ ।



केही दिनयता घट्दै आएको नेप्से परिसूचक आज आइतबार भने ९७ दशमलव २१ अंकले वृद्धि भएको हो ।

आज २ करोड ८८ लाख ६३ हजार ९३ कित्ताको सेयर किनबेचमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रूपैयाँ कारोबार भयो ।

यो दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर कम्पनी, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट