खेतमा डुबेर एकको मृत्यु-Sutra News

खेतमा डुबेर एकको मृत्यु

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

तनहुँ- निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।



शुक्लागण्डकी नगरपालिका-८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको समयमा रातको समयमा खेतमा गएका विकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको बताए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट