अहिलेसम्म ४ लाख ५४ हजार ३४४ कोरोना सङ्क्रमित निको-Sutra News

अहिलेसम्म ४ लाख ५४ हजार ३४४ कोरोना सङ्क्रमित निको

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५ र एन्टिजेन मार्फत ८०० सङ्क्रमित पुष्टि भएको हो ।

यस्तै हाल देशभर एक लाख ४ हजार ७८९ सक्रिय सङ्क्रमित छन । मन्त्रालयको अनुसार सोही अवधिमा देशभर ६८ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३४४ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट