चीनबाट आइपुग्यो ८ लाख डोज भ्याक्सिन-Sutra News

चीनबाट आइपुग्यो ८ लाख डोज भ्याक्सिन

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

चीन सरकारले दिएको भेरोसेल भ्याक्सिन काठमाडौं आइपुगेको छ ।



राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा गर्दै चीन सरकारले केहि दिनअगाडी १० लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

हाल १० लाख डोजमध्ये ८ लाख डोज भ्याक्सिन नेपाल ल्याइएको छ  ।

त्यस्तै  नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । 

उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार पहिलो खेपको खोप आज बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ ।  चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान ६ः २८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको छ । 

दुई लाख मात्र खोप ४१७  बाकसमा राखिएको जनाइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधबार पुनः चीन जानेछ । चार निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर एक ला ९२ हजार अर्थात् नेपाली रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए ।

कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड  जम्मा गरेको थियो । 

यस्तै आम्दा हस्पिटल (दमक), लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटललगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पिपिई आदि सहयोग गरिसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट