थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि , १६९ जनाको मृत्यु-Sutra News

थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि , १६९ जनाको मृत्यु

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।



आज पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म ६७ सय जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट