कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना संक्रमण पुष्टि, २०३ को मृत्यु-Sutra News

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना संक्रमण पुष्टि, २०३ को मृत्यु

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसै अवधिमा २०३ जनाको मृत्यु भएको छ ।



योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् ।

नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन् ।

त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड-१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट