सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय-Sutra News

सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडौ- कोरोना भाइरस संक्रमण बढेपछि त्रिभुवन विश्ववविद्यालयले सबै तहका परीक्षा स्थगित गरेको छ ।



परीक्षा नियन्त्रण कार्यालयले सोमबार सूचना जारी गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘परीक्षा सञ्चालक समितिको बैठक अनुसार सबै तहका परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’

कोभिड संकट व्यवस्थापन समितिले कोरोनाको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा विद्यालयहरूलाई निर्देशन दिएको थियो ।

177264449_458294208571808_8702211651481323017_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट