कोरोना संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न महानगरको आग्रह-Sutra News

कोरोना संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न महानगरको आग्रह

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।



काठमाडौं महानगरपालिका प्रमुखस्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थो वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठन-पाठन गराउन आग्रह गरेको छ ।

कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

संक्रमण नदेखिएका विद्यालयहरू भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

sutra..jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट