आजदेखि सबै विद्यालय सञ्चालन-Sutra News

आजदेखि सबै विद्यालय सञ्चालन

आइतबार, २२ चैत्र २०७७

आइतबार, २२ चैत्र २०७७

काठमाडौं- वायुप्रदूषण कम भएपछि आजदेखि सबै विद्यालय सञ्चालन हुँदैछन् ।



वायुप्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गराएको थियो ।

वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट