कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा-Sutra News

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

शुक्रबार, ६ चैत्र २०७७

शुक्रबार, ६ चैत्र २०७७

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग गरेका छन् । 



शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।

‘अदालतले सरकरको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले नैतिकताको आधारमा मार्ग प्रसस्त गर्नुपर्ने भए पनि सरकार जिम्मेवार भएको छैन । यो सरकार गठन भएदेखि नै संविधान माथि प्रहार गरेको थियो,’ उनले भने ।

सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लागएर पनि प्रतिगमन गरेको उनको आरोप थियो । मिडिया विधेयक, सूचना प्रविधि, गुठी विधेयक लगायतका विधेयक ल्याएर सरकारले प्रतिगमन गरेको खाँडले आरोप लगाए ।

कसैलाई जानकारी नै नदिएर भुमिगत शैलीमा ओलीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकाले सरकारको शैली निरंकुश भएको उनको भनाइ थियो ।

‘हामी सरकारलाई सहयोग गरिरहेका थियौँ । कोभिड महामारी चलिरहेको छ । महाभियोग आउला भनेर संसद अधिवेशन हतार हतार अन्त्य गरिदिएको रे । महाअभियोग आए त फेस गरे भइहाल्थो,’ उनले भने । सरकारले संसदमा महत्वपूर्ण विधेयक ल्याउँदा सहयोग नभएको आरोप झुटो भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि सरकारले प्रतिनिधिसभालाई काम नदिएको उनको भनाइ थियो । सरकारले सदनमा विधेयक ल्याउन नसकेको बताए । 

‘एसिड आक्रामण सम्बन्धि दोषिलाई कडा भन्दा कडा सजाय होस् हाम्रो यसमा सरकारलाई साथ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले ज्ञापन बुझाउनु भएको हो,’ उनले भने, ‘अहिले सरकारले एसिड आक्रमण सम्बन्धी अध्यादेशमा पनि रिजर्भ बसेको छ ।’

अहिलेको सरकारको पालमा सबैभन्दा बढि महिला हिंसा भएको खाँडले आरोप लगाए । उनले ओली सरकारले शान्ति सम्झौतालाई भत्काउन चाहेकोसमेत आरोप लगाए । 

‘टिआरसिका बारेमा हामी सबैभन्दा बढि संवेदनशील छौँ । शान्ति प्रक्रियाका बेला निन्याउरो बनाएकाहरु अहिले शान्ति प्रक्रिया ध्वस्त बनाउन लागिरहेका छन्,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट